PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सोलुखुम्बुमा वाम गठबन्धनकै अग्रता



पहिलोपोस्ट

सोलुखुम्बु : प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ।  प्रतिनिधिसभातर्फ एक हजार ४ सय १७ मतगणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईले ७३४ मत ल्याएर अग्रता लिएका छन्। कांग्रेसका बलबहादुर केसीले ४ सय ३७ मत ल्याएका छन्। 

यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका प्रकाससिं कार्कीले १७४ ल्याएका छन। प्रदेशसभा (ख) मा गठबन्धनबाटै एमालेका बुद्धिकुमार राजभण्डारीले २४५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका आङ्गगेलु शेर्पाले २३० मत ल्याएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell