PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मनाङमा पोल्देनको अग्रता कायमै, नतिजा बिहान मात्रै आउने



पहिलोपोस्ट

मनाङमा पोल्देनको अग्रता कायमै, नतिजा बिहान मात्रै आउने

काठमाडौं : प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत सबैभन्दा कम मतदाता रहेको मनाङमा नेकपा एमालेका पोल्देन गुरुङले अग्रता कायमै राखेका छ। वाम गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका पोल्देनले ९०८ मत ल्याएर नेपाली कांग्रेसका टेक बहादुर गुरुङमाथि अग्रता कायम गरेका हुन्।

कांग्रेसका गुरुङले ६५९ मत प्राप्त गरेका छन्। यो बेलुका १० बजेसम्मको मतपरिणाम हो।

कम मतदाता रहेपनि मनाङको मतपरिणाम आउन अझै समय लाग्ने र भोलि बिहान ४ बजेतिर गणना पूरा हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख रामप्रसाद पौडेलले पहिलोपोस्टलाई बताए। 

मनाङमा कूल ५ हजार ८ सय ८० मतदाता रहेकोमा ४ हजार ३ सय २१ मत खसेको थियो भने अहिलेसम्म करिब १६ सय मत मात्र गणना भएको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell