PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मुस्ताङबाट प्रतिनिधि सभामा एमालेका प्रेम तुलाचन विजयी



पहिलोपोस्ट

मुस्ताङबाट प्रतिनिधि सभामा एमालेका प्रेम तुलाचन विजयी

काठमाडौं : मुस्ताङ प्रदेश सभा क मा जित्दै विजय अभियान सुरु गरेको नेकपा एमालेले प्रतिनिधि सभातर्फ पनि मुस्ताङमा विजय हासिल गरेको छ। वाम गठबन्धनका संयुक्त उम्मेदवार बनेका एमालेका प्रेम प्रसाद तुलाचन ३ हजार ५ सय ४४ मत प्राप्त गरेर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत प्रापत गरे।

९ हजार ४ सय २७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७ सय ७३ मत खसेको थियो। जसमा ६ हजार ७ सय २५ मत सदर भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell