PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेसले मनाङबाट शुरु गर्‍यो विजय अभियान, चिन्त बहादुर प्रदेश सभा (क) बाट विजयी



पहिलोपोस्ट

कांग्रेसले मनाङबाट शुरु गर्‍यो विजय अभियान, चिन्त बहादुर प्रदेश सभा (क) बाट विजयी

काठमाडौं : नेपाली कारंग्रेसले मनाङबाट प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा विजय अभियान सुरु गरेको छ। नेपाली कांग्रेसका उम्मेदवार चिन्त बहादुर घले मनाङ प्रदेश सभा (क) बाट विजय भएका हुन्। उनले नेकपा एमालेका दोर्जे डंडुल गुरुङलाई ११२ मत अन्तरले पराजित गरे।

चिन्त बहादुरले ९ सय ९८  मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। दोर्जे गुरुङले ८ सय ९६ मत पाए।

मनाङ प्रदेश सभा (ख) मा नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell