PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

'यो मनाङको जनताका जित हो, अब जनतालाई दिएका वाचा पूरा गर्छु'



सविन ढकाल

'यो मनाङको जनताका जित हो, अब जनतालाई दिएका वाचा पूरा गर्छु'

काठमाडौं : मनाङ प्रदेश सभा ख बाट विजयी भएका दीपक मनाङेले यो आफ्नो मात्र नभई मनाङका जनताको जित भएको बताएका छन्।  बिहान पाँच बजे कुरा गर्दा उनी विजयी जुलुसमा थिए। नेकपा एमालेको समर्थनमा स्वतन्त्रबाट विजयी भएका मनाङेले भने,'यो मेरो मात्र होइन, मनाङका जनताको जित हो। अब जनतालाई दिएको वाचा पूरा गर्छु।'

मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरे भने कर्मा गुरुङले १ हजार २० मत पाए।
चुनाव जितेपछि एमालेको छातामा नै अटाउने हो?
मैले चाहिँ गाउँलेहरुलाई के सर्त राखेको छु भने- विकास गर्नुपर्छ। सरकारमा जाने प्रेसर नहाल्नु भनेको छु। प्रदेशको जो अर्थमन्त्री बन्छ म उसलाई सर्तहरु राख्छु। मेरो जिल्लामा यस्तो यस्तो बजेट हाल्दिनु, म सहयोग गर्छु भनेर। उसले दिन्छ भने सहयोग गर्छु।

उम्मेद्वारी दिएपछि मनाङेसँग  गरेको केही कुराकानी 
उम्मेद्वार त बन्नुभयो। मनाङ बनाउने तपाईँको एजेन्डा चाहिँ के हो?
पहिले पहिले म एक दुई दिनमात्र मनाङमा बसेर जान्थेँ। यसपटक चाहिँ डेढ महिनादेखि यहीँ छु। मेरो एजेन्डा मैले मनाङमा नै बसेर, स्थानीयसित कुरा गरेर तयार गरेको छु। काठमाडौंमा बसेर एजेन्डा बनाएर काम रहेनछ। फिल्डमा आएर जनतासित कुरा गरेँ। एउटा पाँच फुट चौडा टुरिजम बाटो। नारफू गाउँपालिकाको समस्या के रहेछ भने यहाँ जम्मा सात दिनमात्र बस्न पाउने रहेछन्। विदेशीले एक महिनाको भिसा लिएको हुन्छ। तीन दिन जान तीन दिन आउन। बस्नै नपाइने। यो मेरो एजेन्डा हो। यहाँ नआएको भए यस्तो कुरा थाहा हुँदैन थियो।

अर्को एजेन्डा ट्रेकिङ रुटको प्रत्येक पाँच किलोमिटरमा टी हाउस, बेकरी खोल्ने। मनाङ आएर विदेशीले ढिडो खान सक्दैन। खाइहाल्यो भने पनि ढिडो पचाउन सक्दैन। रोडमा स्ट्रिट लाइट हाल्ने पनि योजना छ। यहाँ पानी जति भए पनि बत्ती हालेको छैन। अँध्यारो छ। जंगल नै जंगल छ। यहाँ चोर छैन, तर लुट्न कुनै गाह्रो छैन। १० को स्पिडभन्दा गाडी कुदाउन सकिँदैन। बाटोमा पूरै जंगल। मनाङमा एउटा बाउन्ड्री राम्रो छ - एउटा मुस्ताङ सीमाना, अर्को तालको सेक्युरिटी टाइट भएकाले चोर भाग्न सक्दैन। नत्र यहाँ चोर्ने भए कसैको केही लाग्दैन। मैले मूलतः चारवटा एजेन्डा बनाएको छु।  अरुको पार्टीले बनाएजस्तो पुस्तक बनाएको छैन। मैले त्यो गर्न सक्दा पनि सक्दिन। मेरो गोजीको पैसाले चार जना पाल्नसक्ने हो, चालिस जना पाल्न सक्दिन। त्यही भएर राजनीतिमा छिरेको हो - सोसल वर्क लार्जमा नै जानुपर्छ।

यो पनि पढ्नुस्

नमस्कार गर्दागर्दा हात नै दुखिसक्यो : दीपक मनाङे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell