PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मुस्ताङका तीनै क्षेत्रमा एमाले विजयी, गौचनसँग तुलाचनको बदला



पहिलोपोस्ट

मुस्ताङका तीनै क्षेत्रमा एमाले विजयी, गौचनसँग तुलाचनको बदला

काठमाडौँ: मुस्ताङका प्रतिनिधि तथा प्रदेशसभामा तीनवटै क्षेत्रमा एमाले विजयी भएको छ। वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार रहेका प्रेम प्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

पूर्वमन्त्री रहेका कांग्रेसका रोमी गौचन थकाली पराजित भए। तुलचान ०७० को संविधानसभा सदस्य निर्वाचनमा थकालीसँग १३ मतले पराजित भएका थिए। ०७० मा तुलाचन स्वतन्त्र उम्मेदवार थिए।

तुलाचनले ३५ सय ४४ मत पाएका छन्। थकालीले तीन हजार १८१ मत पाएका छन्।

प्रदेशसभा क'मा एमालेकै इन्द्र धारा विष्ट विजयी भएका छन्। उनले एक हजार १६७ मत पाए। प्रदेश ख'मा एमालेका महेन्द्र बहादुर थकाली विजयी भएका छन्। थकालीले दुई हजार ५८४ मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell