PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चितवनमा ९ बजेपछि मतगणना सुरु हुने



पहिलोपोस्ट

चितवनमा ९ बजेपछि मतगणना सुरु हुने

चितवनः चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु हुँदैछ। 

बिहीबार साँझ बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए। चितवनको विकट क्षेत्रका मतपेटिका ल्याउन समय लागेकाले बिहीबार मतगणना हुन नसकेको हो। 

उनका अनुसार चितवनको पहाडी क्षेत्रका मतपेटिका आउन राति अबेरसम्म लागेको थियो। यसपटक भरतपुरस्थित चितवन माविको भवनमा मतगणना हुने शर्माले जानकारी दिए। 

विगतको दुईवटा संविधानसभा निर्वाचनमा पनि सोही स्थानमा मतगणना भएको थियो। स्थानीय तहको निर्वाचनको मतगणना भने भरतपुरको कभर्डहलमा गरिएको थियो।

कभर्डहलमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मतपत्रको सुरक्षालाई मध्यनजर गरी यहाँ तारजाली लगाएर गणनास्थल बनाइएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए। 

उनका अनुसार तीनवटा निर्वाचन क्षेत्रको नौ स्थानमा मतगणना हुनेछ। यसपटक मतगणनामा कर्मचारी भने सबै महिला राख्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

शर्माले अहिले मतगणनास्थल भरतपुरको चितवन माविमा आवश्यक सिसी क्यामेरा, इन्टरनेट तथा बत्तीको व्यवस्थापन गरिएको जानकारी दिए । चितवनमा करिब ७० प्रतिशत मतदान भएको छ। तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell