PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

कास्कीमा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै



नरहरि पौड्याल

कास्कीमा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै

पोखरा :  कास्कीमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै छ। सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिएका छन्।

बिहीबार भएको निर्वाचनमा कास्कीमा ६७ प्रतिशत मत खसेको थियो। जिल्लाका विभिन्न केन्द्रबाट जम्मा भएका मतपेटिकालाई तीन स्थानमा राखेर मतगणना गरिने भएको छ। 

कास्की निर्वाचन क्षेत्र नं. १ को मतगणना पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा हुनेछ भने क्षेत्र नम्बर दुईको डिभिजन सहकारीको कार्यालयमा हुनेछ।

त्यसैगरी क्षेत्र नम्बर तीनको जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना हुने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिएका छन्। कास्की जिल्लामा कुल मतदाता संख्या २ लाख ५५ हजार ४ सय ५२ रहेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell