PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

उदयपुर र नवलपरासी पश्चिममा ११ बजेदेखि मतगणना



पहिलोपोस्ट

उदयपुर र नवलपरासी पश्चिममा ११ बजेदेखि मतगणना

उदयपुर :  उदयपुरमा आज ११ बजेदेखि मतगणना हुने भएको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार अहिले बिहान ८ बसेको राजनीतिक दल, मुख्य निर्वाचन अधिकृत र सुरक्षाकर्मीसहितको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो। 

जिल्लाको ९८ मतदानस्थल र २३३ मतदान केन्द्रबाट सम्पूर्ण रुपमा मतपेटिका बिहीबार रातिसम्ममा संकलन गर्ने कार्य सम्पन्न भइसकेका कारण आज ११ बजेदेखि मतगणना सुरु हुने भएको प्रजिअ कँडेलले बताए। 

उदयपुरमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि चार क्षेत्र निर्धारण भएको थियो। प्रतिनिधिसभाको सदस्यको उम्मेदवारमा १९ राजनीतिक दलले सहभागिता जनाएका छन् भने प्रदेशसभाका लागि दुई स्वतन्त्र उम्मेदवारसहित २९ राजनीतिक दलले सहभागिता जनाएका छन्।

त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रको आज बिहान ११ बजेदेखि मतगणनाको सुरु हुँदैछ। मतगणनाअघि दलको बैठक गरी सहमतिअनुसार बिहान ११ बजेदेखि मतगणना सुरु गर्न लागिएको नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रका मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले जानकारी दिए। 

मतगणना सदरमुकाम परासीस्थित आदर्श माविमा गरिने तयारी गरिएको छ। यसैबीच, नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रको मतगणना आज अपरान्ह ४ बजेबाट मात्र सुरु हुँदैछ। 

पहाडी क्षेत्रबाट अझै पनि मतपेटिका आउन बाँकी रहेकाले ४ बजेबाट मतगणना गरिने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell