PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गोर्खा २ मा बाबुरामको अग्रता कायमै



पहिलोपोस्ट

गोर्खा २ मा बाबुरामको अग्रता कायमै

गोरखाः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको मतगणना अनुसार गोरखामा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजन एवम् उम्मेद्वार डाक्टर बाबुराम भट्टराई अग्रस्थानमा देखिएका छन्।

भट्टराइले विहान १० बजेसम्म ६ हजार ५ सय ३५ मत मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेद्वार नारायणकाजी श्रेष्ठले ५ हजार ३ सय ९९ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै क्षेत्र १ मा भने वाम गठबन्धनका उम्मेद्वार हरिराज अधिकारले १ हजार ७ सय ४३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेद्वार चीनकाजी श्रेष्ठको भने १ हजार १ सय ३४ मत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell