PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

पर्सामा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी



राधेश्याम पटेल

पर्सामा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी

वीरगंज :  पर्सामा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ। पर्साका चार वटै क्षेत्रको मतदगणनाका लागि बिहान १० बजेदेखि सर्वदलीय बैठक बसिरहेको छ।

वीरगंजको श्रीपुरमा रहेको श्री नेपाल राष्ट्रिय विद्यापिठ उच्च माध्यमिक विद्यालयमा मतगणना गरिने छ। बैठकपछि मतगणना सुरु गरिने पर्साका मुख्य निर्वाचन अधिृकत नागेन्द्रलाल कर्णले जानकारी दिए। 

मतगणनाका लागि तारजाली र सिसिटिभी
मतगणनाका लागि कडा सुरक्षा निगरानीको व्यवस्था गरिएको छ ।पर्साको मतगणा दुई वटा कोठामा तारजाली भित्र सिसिटिभिको निगरानीमा गरिने जनाइएको छ। मतगणनास्थलको वरपर तालिम प्राप्त कुकुरद्वारा पनि जाँच भइरहेको पर्सा  प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell