PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

सात हजार मतदान केन्द्रको मतपेटिका संकलन, बाँकी साँझसम्म संकलन गरिने



पहिलोपोस्ट

सात हजार मतदान केन्द्रको मतपेटिका संकलन, बाँकी साँझसम्म संकलन गरिने
तस्बिर: फाइल

काठमाडौं: बिहीबार सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका संकलन कार्य जारी रहेको। निर्वाचन आयोगका अनुसार अहिले सम्म ७ हजार मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट टाढा रहेका मतपेटिका संकलनमा कठिनाई भएको हो। अहिलेसम्म संकलन गरिएका मतपेटिका निर्वाचन कार्यलय नजिकैका हुन्।

निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले भौगोलिक विकटता र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट टाढा रहेका मतदान केन्द्रहरुका मतपेटिका संकलन गर्न बाँकी छन्। काभ्रेपलाञ्चोक लगायत केही क्षेत्रमा मतपेटिका   हेलिकप्टरबाट संकलन कार्य भइरहेको छ। ललितपुर १ का केही क्षेत्रको मतपेटिका पनि संकलन भइरहेको छ।

आज साँझसम्म सवै मतदान केन्द्रहरुबाट मतपेटिका संकलन गरिसक्ने ढकालले बताए। सकेसम्म छिटो मतपेटिका संकलनको लागि आयोगले आवश्यक पहल गरिरहेको उनले बताए। ४५ जिल्लामा भएको दोस्रो चरणका निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्रहरु कायम गरिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell