PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

काठमाडौं १ को मत गन्न सुरु



पहिलोपोस्ट

काठमाडौं १ को मत गन्न सुरु

काठमाडौं : काठमाडौँको मतगणना सुरु भएको छ। राष्ट्रिय सभागृहमा काठमाडौँ क्षेत्र नम्बर एकको मतगणना बाकस खुलेर मतगणना सुरु भइसकेको छ।

यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली कांग्रेस नेता प्रकाशमान सिंह उम्मेदवार छन्। त्यस्तै वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अनिल शर्मा प्रतिस्पर्धामा छन्। यही क्षेत्रबाट विवेकशील साझाका रवीन्द्र मिश्र पनि प्रतिस्पर्धामा छन्। 

काठमाडौं क्षेत्र नम्बर १ को परिणाम भोलिसम्म आइसक्ने मुख्य निर्वाचन अधिकृतले जानकारी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell