
विराटनगर : मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। विराटनगरको आदर्श माध्यमिक विद्यालयमा बिहान १०ः४५ देखि मतगणना सुरु भएको हो ।
मोरङमा कुल ६ लाख ४४ हजार ७ सय ८२ मतदातामा ४ लाख ६८ हजार ३ सय ५६ जनाले मतदान गरेका छन्। जिल्ला निर्वाचन अधिकृत राजु खतिवडाले ७२ दशमलव ६३ प्रतिशत मतदान भएको बताए।