PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

गोर्खामा फराकिलो अन्तर बनाउँदै बाबुराम



पहिलोपोस्ट

गोर्खामा फराकिलो अन्तर बनाउँदै बाबुराम

पेचिलो राजनीतिक दृश्य देखिएको गोर्खा क्षेत्र नम्बर २ को निर्वाचनको प्रारम्भिक नतिजाले बाम गठबन्धनका नारायणकाजी श्रेष्ठलाई असजिलो अवस्थातिर धकेलेको छ। 

नयाँ शक्ति नेपालका संयोजक र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पछिल्लो अपडेट अनुसार ७ हजार ५ सय २० मतले अग्रता लिइरहेका छन्। उनलाई पछ्याइरहेका नेकपा माओवादीका शीर्ष नेता नारायणकाजी श्रेष्ठले ६ हजार ३ सय ४ मत ल्याएका छन्। 

जारी मत गणनामा यही अवस्था जारी रहे पूर्व प्रधानमन्त्री भट्टराईले वाम गठबन्धनको शक्तिलाई निस्तेज पार्नेछन्। तर, बाँकी मतमा नारायणकाजीले अग्रता लिएमा पूर्व प्रधानमन्त्री भट्टराईको लक्ष्य अपूरै हुनसक्छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell