PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

फ्राइडे रिलिज: एउटा नयाँ र केही पुराना फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: एउटा नयाँ र केही पुराना फिल्म पर्दामा

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको असर दर्शक फ्लोमा देखिन सक्ने डरले नयाँ नेपाली फिल्म पर्दामा आउन सकेन। दुईसाता यता मल्टिप्लेक्स केन्द्रित फिल्म रिलिज भएनन्। सिंगल स्क्रिन रिलिज फिक्का र कन्फ्युज टिकेनन्। यस्तोमा फिल्म 'दिपज्योती' रिलिज भएको छ।

त्रिकोणात्मक सम्बन्ध फिल्मको मुख्य विषय हो। जसको कथा हरिष पन्तले लेखेका हुन् भने संवाद तथा पटकथा लेखन शिव घिमिरेको रहेको छ। नारायण मैनाली निर्देशित फिल्ममा पुस्कर रेग्मी, रजनी केसी, खुश्बु खड्का, प्रमोद दिप, निर शाह, सरोज खनाल लगायतको अभिनय रहेको छ। विकास चौधरीको संगीत रहेको फिल्मलाई कृष्ण खनालले प्रस्तुत गरेका हुन्।

दिपज्योतीमा रामजी लामिछानेको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ। फिल्मले सिंगल स्क्रिनमा सो पाएको छ।

पुराना नेपाली फिल्महरु प्रेमगीत २, झ्यानाकुटी, मेला, छक्कापञ्जा २, फिक्का, सेतो सूर्य, ऐश्वर्यले पनि केही हलमा सो पाएका छन्।

बलिउडतर्फ यो साता पनि नयाँ फिल्म प्रदर्शनमा आएन। 'तेरा इन्तजार' र 'सिक्रेट सुपरस्टार'को केही सो जारी छन्।

हलिउडको नयाँ फिल्म पर्दामा छैन। केही साता अघिनै रिलिज थोर ३, जस्टिस लिग, कोकोले पनि अझै सो पाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell