
काठमाडौँ: पहिला चरणमा ३२ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म प्रतिनिधिसभाको तीन क्षेत्रको मतपरिणाम आइसकेको छ। जसमा मनाङ र मुस्ताङमा एमाले विजयी भएको छ।
मनाङमा एमालेका पोल्देन छोपाङ गुरुङ र मुस्ताङमा प्रेम प्रसाद तुलाचन विजयी भएका छन्। रुकुम पूर्वमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन्।
अहिले एमालेले १९, माओवादी केन्द्र १२ र कांग्रेसले तीन स्थानमा अग्रता लिएको छ। कांग्रेस रसुवा, बाजुरा र हुम्लामा कांग्रेसको अग्रता छ। हुम्लामा कांग्रेसका मंगलबहादुर शाहीको अग्रता छ। रसुवामा मोहन आचार्य र बाजुरामा कविराज पण्डितले अग्रता लिएका छन्।