PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एक वर्षपछि 'सेतो सूर्य' पुन: नेपाली पर्दामा



पहिलोपोस्ट

एक वर्षपछि 'सेतो सूर्य' पुन: नेपाली पर्दामा

काठमाडौं: फिल्म 'सेतो सूर्य'को शुक्रबारबाट पुन: रिलिज भएको छ। अस्करको विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको लागि प्रतिस्पर्धा गरिरहेको फिल्मले काठमाडौंका मल्टिप्लेक्सहरुमा सो पाएको छ।

सेतो सूर्य ७० भन्दा बढी फिल्म महोत्सवहरुमा प्रदर्शन भैसकेको छ। साथै 'सेतो सूर्य' स्याटेलाइट अवार्डको अन्तर्राष्ट्रिय विधाका लागि पनि मनोनित भएको छ। अस्कर नजिकिंदै गर्दा निर्देशक दीपक रौनियार लगायत फिल्म युनिटले देश, विदेशमा पनि प्रचार प्रसार तिब्र पारेका छन्। प्रचार प्रसाकै क्रममा नेपाली दर्शकले एकपटक फेरी सेतो सूर्य हलमा हेर्न पाउने भएका हुन्।

सन् २०१६ मा प्रदर्शन भएको सेतो सूर्यलाई दीपक रौनियारले लेखन तथा निर्देशन गरेका हुन्। सोसियो पोलिटिकल ड्राममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ, आशा मगराती, अमृत परियार, सुमी मल्ल लगायतको अभिनय रहेको छ।

८८ मिनेट लामो फिल्म सेतो सूर्यले फ्रिवर्ग फिल्म अवार्डमा मात्र ४ विधामा अवार्ड हात पारेको थियो। यस्तै पाल्म स्प्रिङ फिल्म महोत्सवमा ग्रान्ड जुरी अवार्ड, भेनिस फिल्म फेस्टिभलमा इन्टरफिल्म र बेस्ट गरी दुई अवार्ड र सिंगापूर फिल्म फेस्टिभलमा बेस्ट एसियन फिल्म अवार्ड हात पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell