PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

गोरखा २ मा बाबुराम भट्टराईले बढाए १५ सय मतको अन्तर



पहिलोपोस्ट

गोरखा २ मा बाबुराम भट्टराईले बढाए १५ सय मतको अन्तर

काठमाडौं : सबैको ध्यान खिचिरहेको गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा बाबुराम भट्टराईले निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठलेभन्दा १ हजार ५ सय ७६ मतको अग्रता लिएका छन्।

चुनावको इपिसेन्टरमा रहेको गोरखा दुईमा प्रतिस्पर्धा गरिरहेका दुवै एकसाथ माओवादीमा संलग्न थिए। कुनै समय  माओवादीको शीर्ष तहमा रहेकाले यहाँको चुनावलाई धेरैले निहालिरहेका छन्।

पछिल्लो मत परिणाम अनुसार बाबुराम भट्टराई ८ हजार ७ सय ९५ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नारायणकाजी श्रेष्ठले ७ हजार २ सय १९ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell