पोखरा : म्याग्दीको प्रदेशसभा (ख) मा नेकपा एमालेकी नरदेवी पुन विजयी भएकी छन्। वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुन दुई हजार ८ सय ७१ मतअन्तरले विजयी भएकी हुन्।
उनले कांग्रेसका अमलाल फगामीलाई पराजित गरेकी हुन्। पुनले १० हजार ८ सय ७१ र कांग्रेसका फगामीले ७ हजार ९ सय ९० मत प्राप्त गरेका छन्। स्थायी शिक्षकको जागिर छाडेर राजनीतिमा लागेकी पुन म्याग्दीमा संघर्षशील महिला नेतृकारुपमा चिनिन्छिन्।