PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

स्याङ्जामा कांग्रेस र वाम गठबन्धनबीच बुथकव्जाको आरोपप्रत्यारोप, मतगणना अनिश्चित    



पहिलोपोस्ट

स्याङ्जामा कांग्रेस र वाम गठबन्धनबीच बुथकव्जाको आरोपप्रत्यारोप, मतगणना अनिश्चित    

पोखरा :  स्याङ्जा क्षेत्र नम्बर दुईमा कांग्रेस र एमालेबीच बुथकब्जाको विषयलाई लिएर विवाद चुलिएपछि मतगणना अनिश्चित भएकोछ। 

कांग्रेसबाट चापाकोट नगरपालिकाको सेखामका दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथकब्जा भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।

कांग्रेसबाट जनसक्रिय प्रावि, चितापोखरी, कालिका आधारभूत स्कूल तिनपिप्ले र मल्याकोटको राममन्दिर मतदान केन्द्र क र ख मतदान स्थलमा बुथकब्जा गरेको भन्दै एमालेले उजुरी दिएको हो।

वाम गठबन्धनले ४ मतदाता केन्द्रमा बुथकब्जा गरेको भन्दै  कांग्रेसले पनि मुख्य निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।

कालिगण्डकी गाउँपालिका १ को जनहित मावि मतदान केन्द्र, घुरडाँडा प्राविको मतदान केन्द्र, गल्याङ नगरपालिका स्यालबासको सत्यशिला प्रावि मतदान केन्द्र, कालिगण्डकी ३ को अमरदीप प्रावि मतदान केन्द्रमा एमालेले बुथकब्जा गरेको भन्दै कांग्रेसले उजुरी दिएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell