PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

काठमाडौं ५ : प्रारम्भमै ईश्वरलाई अग्रता, प्रकाशशरणलाई धक्का



पहिलोपोस्ट

काठमाडौं ५ : प्रारम्भमै ईश्वरलाई अग्रता, प्रकाशशरणलाई धक्का

काठमाडौं : प्रतिनिधि सभाका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनतर्फका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका छन्। नेकपा एमालेका महासचिवसमेत रहेका पोखरेले प्रारम्भिक मत परिणाममा अग्रता लिँदै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रकाशशरण महतलाई पछि पारेका हुन्।

प्रारम्भिक मत परिणामअनुसार पोखरेलले ६ सय ८० मत ल्याएका छन्। उनलाई पछ्याउने क्रममा रहेका महतले २ सय ९८ मत ल्याएका छन्। पोखरेल यसअघिको निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका थिए। यसपाला वाम गठबन्धनको शक्ति सहित चुनावी मैदानमा उत्रिएका उनी बलियो दावेदार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell