PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

कास्कीमा मतगणना सुरु 



पहिलोपोस्ट

कास्कीमा मतगणना सुरु 

पोखरा :  कास्कीमा मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णय अनुसार दिउँसो एक बजेदेखि  मतगणना सुरु भएको हो।

सर्वदलीय बैठकमा भएको सहमति अनुसार कास्कीका तीन वटा निर्वाचन क्षेत्रको छुट्टाछुट्टै तीन स्थानमा मतगणना सुरु गरिएको छ। 

कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय शिक्षा निर्देशनालय, क्षेत्र नम्बर २ को सहकारी प्रशिक्षण डिभिजन कार्यालयमा र क्षेत्र नम्वर ३ को जिल्ला समन्वय समितिमा मतगणना सुरु भएको हो। 

कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन्। २ लाख ५५ हजारमा मतदाता रहेका कास्कीमा ७० प्रतिशतले मतदान गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell