
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेका कृष्ण राईले अग्रता लिएका छन्। एमाले काठमाडौं जिल्ला अध्यक्षसमेत रहेका राईले प्रारम्भिक गणनामा १ हजार ४ सय २४ मतसहित अग्रता लिएका हुन्।
उनलाई पछ्याउँदै नेपाली कांग्रेसका अम्बिका बस्नेताले १ हजार २ सय ७२ मत ल्याएकी छिन्। त्यस्तै विवेकशील साझा पार्टीकी सुमित्रासिंह लामाले हालसम्म १४७ मत प्राप्त गरेकी छिन्।