काठमाडौं: प्रदेश नम्बर ४ अन्तर्गत दुईवटा निर्वाचन क्षेत्र रहेको तनहुँमा अब केही समयपछि मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार प्रतिनिधि र प्रदेशसभाको एकैपटक मतगणना हुनेछ। मतगणना स्थलमा तार जाली राखिएको र सिसी क्यामेराबाट अनुगमन हुने समेत उनले जानकारी दिए।
तनहुँको १ नम्बर क्षेत्रमा नेपाली कांग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका कृष्ण कुमार श्रेष्ठ मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन्।
तनहुँ २ मा कांग्रेसका शंकर भण्डारी र एमालेका केदार सिग्देल भुनावी मैदानमा छन्। तनहुँबाट २ प्रतिनिधिसभा सदस्य तथा ४ प्रदेशसभा सदस्य निर्वाचित हुनेछन्।