काठमाडौं : नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले चुनावी अग्रता कायम राखेका छन्। पछिल्लो मत परिणामअनुसार सिंहले १ हजार ७ सय ७ मत ल्याएका छन्। मत परिणामको दोस्रो स्थानमा रवीन्द्र मिश्र छन्। विवेकशील साझाका उनले १ हजार ९५ मत ल्याएका छन्।
सुरुवाती परिणाममा निक्कै पछि परेका वाम गठबन्धनका उम्मेदवार अनिल शर्माको मत केही सुधार भएको छ। उनले ६ सय ५७ मत पुर्याएका छन्।