म्याग्दी : प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भएका छन्।
थापाले २३ हजार ३ सय ८ मत प्राप्त गरी वियज हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका खमवीर गर्वुजाले २० हजार ९ सय ८० मत प्राप्त गरे।
यसअघि प्रदेश ‘क’ मा माओवादी केन्द्रका विनोद केसी तथा प्रदेश ‘ख’ मा एमालेकी नरदेवी पुन विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।