पोखरा : प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत म्याग्दीको तीन वटै सीट वाम गठबन्धनले जीतेको छ। एक प्रतनिधि सभा र दुई प्रदेश सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।
म्याग्दीबाट प्रतिनिधी सभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भएका छन्। उनले २३ हजार ३ सय ८ मत ल्याए। थापाका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० प्राप्त गरेका छन्।
त्यसैगरी प्रदेश सभा सदस्यमा क्षेत्र नंम्वर १ बाट नेकपा माओबादी केन्द्रका उम्मेदवार बिनोद के सी निर्वाचित भएका छन्। उनी १४ हजार ७ सय ४ मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १ सय ७५ मत प्राप्त गरेका थिए।
प्रदेश सभा सदस्यमा प्रदेशको क्षेत्र नंम्वर २ बाट नेकपा (एमाले) का उम्मेदवार नरदेवी पुनले १० हजार ८ सय ७२ मत ल्याएर विजयी भएकी छन्। उनलका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमलाल फगामीले ७ हजार ९ सय ९० मत प्राप्त गरेका छन्।