PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

देशभर मतगणना सुरु हुँदा डोटीमा मत पेटिका संलकन नै बाँकी



पहिलोपोस्ट

देशभर मतगणना सुरु हुँदा डोटीमा मत पेटिका संलकन नै बाँकी

काठमाडौं : देशका अधिकांश क्षेत्रबाट चुनावी परिणाम आइरहँदा भने प्रदेश नम्बर ७ को डोटीमा मतपेटिका सदरमुकाम समेत ल्याइसकिएको छैन। 

जिल्लाको बुढीकेदार गाउँपालिकाका लगायतका २१ मतदान केन्द्रबाट मतपेटिका संकलन गरिँदै छ। भौगोलिक रुपमा टाढा रहेका यी मतदान केन्द्रबाट साँझ ७ बजेसम्म मतपेटिका सदरमुकाम पुग्ने अनुमान गरिएको छ।
 
मतपेटिका सदरमुकाम पुग्न बाँकी रहे पनि मतगणनाका लागि सर्वदलीय बैठक समेत बसिसकेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।
 
उनले मतगणनाको लागि तयारी अवस्थामा रहेको बताए। मतगणना १० बजेदेखि सुरु हुुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell