
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा युएईले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ।
अदनान मुफ्तीले शतक बनाएपनि नेपालका सोमपाल कामीले ५ विकेट लिएपछि युएई ४ बल अगावै १९५ रनमा अलआउट भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले युएईले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।
३९ रनमा ५ विकेट गुमाएको यूएईको स्कोर उकास्न अदनान मुफ्तीले १०४ रनको शतकिय पारी खेले। युएईका लागि एकल प्रदरशन गरेका मुफ्तीले ८९ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै मोहम्मद बोटाले ३७ र अहमद राजाले १० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।
बलिङ तर्फ नेपालका सोमपाल कामीले १० ओभरको स्पेलमा १ मेडन राख्दै २७ रन खर्चिएर ५ विकेट लिए। त्यस्तै ललितसिंह भण्डारी, पारस खड्का, सागर पुन र सन्दीप लामिछानेले समान १ विकेट लिए।