पोखरा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत कास्कीमा बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ।
सर्वदलीय बैठकको निर्णय अनुसार दिउँसो १ बजेबाट सुरु भएको मतगणनाको पहिलो अपडेट अनुसार कास्की क्षेत्र नंम्वर १ बाट एमालेका खगराज अधिकारीले अग्रता लिएका छन्। उनले १ हजार ४ सय ३४ मत ल्याएका छन भने उनका निकट्तम प्रतिद्धन्दी कांग्रेसका उमेदवार एवं कानुनमन्त्री यज्ञ बहादुर थापाले ६ सय १७ मत ल्याएका छन्।
कास्की क्षेत्र नम्बर १ को मतगणना क्षेत्रीय शिक्षा निर्देशनालयमा भईरहेको छ।
त्यसैगरी कास्की क्षेत्र नम्वर २ बाट एमालेका उम्मेदवार रविन्द्र अधिकारी अग्रता लिएका छन्। अधिकारीलेले २ हजार ५ सय २४ मत पाएका छन् भने उनका प्रतिद्वन्दी कांग्रेसका देवराज चालिसेले १ हजार ५ सय ६२ मत प्राप्त छन्।