PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

बझाङ जिल्लामा वाम गठबन्धन पूरै विजयी



पहिलोपोस्ट

बझाङ  जिल्लामा वाम गठबन्धन पूरै विजयी

काठमाडौं : प्रदेश ७ को बझाङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ। प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भैरव बहादु सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रसका उम्मेदवार पृथ्वी बहादुर सिंहलाई ७ हजार ७ सय २ मतले पराजित गरेका छन्। बिजयी उम्मेदवार नेकपा एमालेका भैरवले ३४ हजार ६ सय १२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी पृथ्वीले २६ हजार ९ सय १० मत ल्याएका छन्। 

प्रदेशसभा ‘क’
प्रदेश सभा क मा नेकपा एमालेका अर्जुन बहादुर थापा बिजयी भएका छन्। उनले १७ हजार ८ सय ६८ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चन्द्रदेवी जोशीले १३ हजार १ सय ९९ मत ल्याएका थिए।

प्रदेशसभा ‘ख’
प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल विजयी भएकी छिन्। उनले १६ हजार ७ सय ४३ मत ल्याएकी छिन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell