काठमाडौं : डडेल्धुरामा अज्ञात समुहले मतपेटिका राखिएको गाडीलाई लक्षित गरि बम बिस्पोट गराएका छन्। विकट ठाउँका मतदान केन्द्रबाट मतपेटिका ल्याउने परसुराम नगरपालिका र आलेताल गाउँपालिकाको बोडरमा अज्ञात समूहले बम विस्फोट गाराएका थिए।
विस्फोटबाट मतदान अधिकृत चढेको गाडीमा सामान्य क्षति पुगेको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रसाद रिजालले जानकारी दिए।
विस्फोटपछि मतपेटिकाको सुरक्षा बढाईएको छ भने मतपेटिका संकलनमा पनि ढिलाई भएको छ।
डडेल्धुरामा अझै मतपेटिका संकलन कार्य जारी छ। मुख्यनिर्वाचन अधिकृतका अनुसार ४ बजे सम्म ३८ विकट ठाउँका मतदान केन्द्रबाट मतपेटिका सरदमुकाम पुग्ने छन्। त्यसपछि सर्वदलिय बैठक बसेर मतगणना सुरु हुने छ। भौगोलिक विकटताका कारण समयमा मतपेटिका संकलन गर्न गाहरो भएको हो।
५ बजे देखि मतगणना सुरु गर्ने गरि तयारी भैरहेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।