PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

बाग्लुङको दुवै क्षेत्रमा वाम गठबन्धनको अग्रता



पहिलोपोस्ट

बाग्लुङको दुवै क्षेत्रमा वाम गठबन्धनको अग्रता

पोखरा : पहिलो चरण अन्तर्गत निर्वाचन भएको बाग्लुङ जिल्लामा वाम गठबन्धनका उम्मेदवारहरुले फराकिलो अग्रता लिएका छन्।

दुई वटा प्रतिनिधि सभा सदस्य र चार वटा प्रदेश सभा सदस्य रहेको जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा क्षेत्र नम्वर १ बाट एमालेका सुर्य प्रसाद पाठकले २१ हजार  २  सय ३७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका चम्पादेवी खड्काले १३ हजार ३ सय ९८ मत ल्याएकी छन्।  
उनीहरु दुइबीच फराकीलो मत अन्तर देखिएको छ। 

त्यसैगरी क्षेत्र नम्वर २ मा गठबन्धनको तर्फबाट उमेदवार बनेका माओवादी केन्द्रका देवेन्द्र पौडेलले १६ हजार ९ सय ३२ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका नरबहादुर पुनले (निरज) ले १२ हजार ३ सय ६ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell