काठमाडौं: फिल्म ‘मट्टिमाला’को छायांकन सकिएको छ। तिन महिना लामो छायांकनको इन्डक्ल्याप सिन्धुली गढीमा भएको हो। फिल्मको एक गीतको भिडियो सिन्धुलीमा खिचिएको हो।
फिल्मको ७० प्रतिशत छायांकन काठमाडौंमा र बाँकी काभ्रे, सिन्धुलीगढी, कुलेखानी लगायतका ठाउँहरुमा छायांकन भएको निर्देशक टेके पौरखी राईले जानकारी दिए। गाउँ र शहरको फरक जीवनकथा फिल्मको मुख्य विषय हो। फिल्ममा बुद्धि तामाङ र रजनी गुरुङको मुख्य भुमिका रहेको छ। त्यस्तै अन्य कलाकार चिरन राई, शिशिर राना, अर्जुन गुरुङ, अरुणा कार्की, बिनोद राई, दिपक आचार्य लगायतको अभिनय रहेको छ।
कथा निर्देशक राई स्वयंमले लेखेका हुन् भने पृथ्वी राईले निर्माण गरेका हुन्। राहुल राईले खिचेको फिल्मलाई अनिल कुमार महर्जनले सम्पादन गर्नेछन्। फिल्म युनिटले यसैबर्षको अन्तिममा फिल्म प्रदर्शन गर्ने टार्गेट लिएको छ।