PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

प्रधानमन्त्री देउवाको गृह जिल्लामा मतपेटिका बल्ल संकलन



पहिलोपोस्ट

काठमाडौं : प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरिएको छ। 

मतगणनाको लागि केही बेरमा बैठक सुरु हुँदैछ। बैठकमा भएको सहमतिअनुसार मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डा रमेश प्रसाद रिजालले जनकारी दिए। 

डडेल्धुराको परशुराम नगरपालिका र आलेताल गाउँपालिकाको सीमामा मतपेटिका राखिएको गाडीलाई लक्षित गरी अज्ञात समूहले बम बिस्फोट गराएपछि मतपेटिका ल्याउन केही समय लागेको थियो। बम बिस्फोटबाट मतदान अधिकृत चढेको गाडीमा समान्य क्षति पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell