PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

कैलाली-५ मा लक्ष्मण थारु भन्दा आरजु पछाडि



पहिलोपोस्ट

कैलाली-५ मा लक्ष्मण थारु भन्दा आरजु पछाडि

धनगढी :  कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाको प्रारम्भिक मत परिणामअनुसार वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले सुरुवाती अग्रता लिएका छन्। 

निर्वाचन क्षेत्र ५ को प्रतिनिधिसभाका लागि खसेको मतमध्ये अपराह्न ४ बजेसम्म एक हजार ४१४ मत गणना हुँदा नेकपा एमालेका रानाले ६२४, राष्ट्रिय जनता पार्टीका लक्ष्मण थारुले ३६० र नेपाली कांग्रेसका डा आरजु देउवाले ३११ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

दोस्रो स्थानमा रहेका थारु दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि कैलाली कारागारमा छन्। यसैगरी निर्वाचन क्षेत्र नं १ र ३ को पनि मतगणना अपराह्नदेखि सुरु गरिएको छ । क्षेत्र नं २ र ४ को मत गणना भने अझै सुरु भएको छैन । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell