PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

लमजुङमा वाम गठबन्धनको अग्रता



पहिलोपोस्ट

लमजुङमा वाम गठबन्धनको अग्रता

पोखरा : लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन्।

प्रतिनिधि सभातर्फ वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन्। गुरुङले १४ हजार ९ सय ३२ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले ११ हजार २ सय ९२ मतले पच्छ्याईरहेका छन्।

यस्तै प्रदेशसभा क र ख दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन्। प्रदेशसभा क मा वाम गठबन्धनका उम्मेद्वार धनन्ञ्जय दवाडीले ८ हजार १ सय ४४ मतले अग्रता लिएका छन्। दवाडीलाई कांग्रेस उम्मेद्वार गर्जबहादुर गुरुङले ५ हजार चार सय मत ल्याएर पच्छ्एका छन् ।

प्रदेश सभा (ख) मा पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन्। कांग्रेसका कृष्णप्रसाद कोइरालालाई पछी पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन्। गुरुङले ९ हजार ४ सय ६० मत ल्याउँदा कोइरालाले ७ हजार ६ सय ७१ मत ल्याएका छन्।

एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको लमजुङका एकलाख १५ हजार ४४९ मतदाता रहेकोमा ७७ हजार ३४० जनाले मतदान गरेका थिए। प्रदेश सभा ‘क’ मा ३६ हजार ६८ र प्रदेश सभा ‘ख’ मा ४१ हजार २७२ मत खसेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell