
हेटौँडा : मकवानपुर क्षेत्र नम्बर एकमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापा अग्रस्थानमा छन्।
थापाले एक हजार ३३८ मत प्राप्त गरेका छन्। उनलाई वाम गठबन्धनका कृष्णप्रसाद दाहालले एक हजार ११६ मतले पछ्याइरहेका छन्।
त्यसैगरी क्षेत्र नम्बर २ मा वाम गठबन्धनका विरोध खतिवडाले ५९४ मत प्राप्त गरेका छन् भने उनलाई २७० मतका साथ नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यायले पछ्याइरहेकी छन्।रासस