PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

जित र अग्रतामा एमालेको हाफ सेन्चुरी पूरा



पहिलोपोस्ट

जित र अग्रतामा एमालेको हाफ सेन्चुरी पूरा

काठमाडौं : प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रममा साँझ ६ बजेसम्म नेकपा एमालेले जित र अग्रतामा अर्ध शतक पार गरेको छ। वाम गठबन्धनले चुनावी सफलता चुमिरहँदा त्यसको सबैभन्दा नेतृत्वदायी दलको रुपमा रहेको एमालेले जितमासमेत अग्रता हासिल गरेको हो।

नेकपा एमालेका ५ उम्मेदवारले प्रतिनिधि सभाका लागि आफूलाई सुरक्षित पारिसकेका छन्। एक सिटमा माओवादीले पनि जित हासिल गरिसकेको छ। २०७० को चुनावमा सबैभन्दा ठूलो दल बनेर सत्तामा रहेको नेपाली कांग्रेसको पोल्टामा एउटा पनि जित परेको छैन यद्यपि उसले ११ स्थानमा अग्रता लिइरहेको छ।

एमालेको नेतृत्वमा वाम गठबन्धनले ६६ स्थानमा अग्रता कायम राखेको छ। यस गठबन्धनले ६ स्थानमा जित दर्ता गराइसकेको छ। प्रारम्भिक चुनावी परिणामले वाम गठबन्धनलाई सहज बहुमत दिने प्रष्टिएको छ। समानुपातिक मत परिणामले यस गठबन्धनलाई दुई तिहाई जितको ढोका खोल्छ यो खोल्दैन त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन। 

डिटेलका लागि यहाँ क्लिक गर्नुस 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell