सोलुखुम्बु : प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार पूर्वलडाकु एवं नेकपा माओवादी केन्द्रका नेता हेमकुमार राईले १२ हजार ३९२ मतसहित अग्रता लिएका छन्।
तीनपटक मन्त्री बनिसकेका नेपाली कांग्रेसका बलबहादुर केसीले आठ हजार ५११ मत प्राप्त गरेका छन्।
केसी २०६४ को संविधानसभाको निर्वाचनबाहेक कुनैपनि निर्वाचनमा पराजय भएका छैनन् भने राईले पहिलो पटक निर्वाचनमा भाग लिएका हुन्।
यस्तै प्रदेशसभा क मा वाम गठबन्धनका उत्तमकुमार बस्नेतले ६ हजार ५०३ मत ल्याएका छन् भने कांग्रेसका प्रकाश सिंह कार्कीले चार हजार ५९७ मत प्राप्त गरेका छन्।
यस्तै प्रदेश सभा ख मा पनि वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले सात हजार ४ मत प्राप्त गरेका छन् भने कांग्रेसका आङ्गेलु शेर्पाले पाँच हजार १७ मत प्राप्त गरेका छन्।रासस