PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

स्याङ्जाको पुतलीबजार तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी



नरहरि पौड्याल

स्याङ्जाको पुतलीबजार तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी

स्याङ्जा : मतगणनाको विषयमा छलफल गर्न सर्वदलीय बैठक चलिरहेको समयमा बैठक स्थल बाहिर केही व्यक्तिहरुले झगडा र हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा जारी गरेको छ।

प्रशासन कार्यालय स्याङ्जाले जिल्ला निर्वाचन कार्यालयको आसपासबाट तीन किलो मिटर वरपरको क्षेत्रमा अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी महेश आचार्यले जानकारी दिए।

‘सर्वदलीय बैठक चलिरहेको बेला केही उच्छ्रिङखल व्यक्तिहरुले निर्वाचन अधिकृत माथि नै हातपात गरे’ उनले भने। ‘जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो, यो अर्को सूचना जारीनहुँदासम्म कायम रहन्छ।’

बिहीवार सम्पन्न निर्वाचनमा कांग्रेसले क्षेत्र नम्बर २ का चापाकोटका केही केन्द्रमा एकलौटी मतदान गरेको र एमालेका उम्मेदवार पद्मा अर्याललाई ढुङ्गामुडा गरेकोले पुन : मतदानको माग वाम गठबन्धनले गरेपछि विवाद सुरु भएको हो।

गठबन्धनका समर्थकहरुले पुनः मतदान गराउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय र निर्वाचन अधिकृतको कार्यालय अघि नाराबाजी गर्न थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

आरोप प्रत्यारोपमा उत्रेका कांग्रेस र वाम गठबन्धनका कार्यकर्ता्बीच बिहीबारदेखि नै तनाव बढेको थियो। त्यसै विषयमा क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि एमालेका कार्यकर्ताहरुले गालीगलौज र हातपातको प्रयास समेत गरेका थिए। 

स्थितिले उग्ररुप लिनथालेपछि प्रहरीले लाठिचार्जसमेत गरेको थियो। लाठिचार्जबाट वाम गठबन्धनका केही कार्यकर्ता घाइते भएका छन्। घटनापछि मतगणना प्रभावित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell