PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

इपीएल : चितवन टाइगर्सले सुवासको स्थानमा अनिल मण्डललाई टिममा राख्ने, ट्यालेन्ट हन्टबाट २ खेलाडी छनोट



पहिलोपोस्ट

इपीएल : चितवन टाइगर्सले सुवासको स्थानमा अनिल मण्डललाई टिममा राख्ने, ट्यालेन्ट हन्टबाट २ खेलाडी छनोट

काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने टोली चितवन टाइगर्सले विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलको स्थानमा अनिल मण्डललाई टिममा राख्ने भएको छ।

अक्सनमा चितवन टाइगर्सले सुवासलाई खरिद गरेपनि उनको फ्याक्चर भएको हात पूर्ण रुपमा ठिक नहुँदा डाक्टर, आयोजक र टिमसँगको सल्लाहपछि अनिललाई टिममा राखिएको चितवन टाइगर्सले विज्ञप्तीमार्फत जनाएको छ।

यस्तै चितवनमा गरिएको ट्यालेन्ट हन्टबाट टाइगर्सले आकाश थापा र गौतम केसीलाई छनोट गरेको छ।

इपीएलको नियम अनुसार प्रत्येक टोलीले एक खेलाडी स्थानिय ट्यालेन्ट हन्टबाट लिनुपर्ने प्रावधान छ। तर चितवन टाईगर्सले दुई जना खेलाडीहलाई अनुवन्ध गरेको र चितवन टाइगर्सले प्रतियोगिताको तयारीका लागि क्याम्प पनि शुरु गरिसकेको जनाएको छ।

चितवन टाइगर्समा रहेका ललित भण्डारी, दिपेन्द्र ऐरी र दिलिप नाथ राष्ट्रिय टिमबाट युएई भ्रमणमा गएका छन्।  

चितवन टाईगर्सले छिट्टै विदेशी खेलाडीको नाम पनि घोषणा गर्ने जनाएको छ। विदेशी खेलाडीहरुमा आईपीएल र रणजी ट्रफि खेलीसकेका खेलाडीहरुले चितवन टाईगर्सबाट खेल्नेछन्। आवश्यक कागजपत्रका लागि टिम प्रतिनिधी भारत गएको र उनीहरु पर्केपछि विदेशी खेलाडीको नाम टुङ्गो लाग्ने चितवन टाइगर्सले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell