काठमाडौं : प्रतिनिधि सभा निर्वाचन मत परिणाममा ७ जनाले जित हासिल गर्दा झन्डै सय जन उम्मेदवार मत गणनामा अग्रतासहित आफ्नो जनमत परीक्षामा सहभागी भइरहेका छन्। नेकपा एमालेका ५, एक माओवादी र एक स्वतन्त्र उम्मेदवारले प्रतिनिधि सभाका लागि आफ्नो सिट पक्का गरिसकेका छन्।
लिड गरिरहेका अरु सय उम्मेदवारहरु पनि आफ्नो सिट सुरक्षित हुने अपेक्षामा छन्। थोरै ठाउँमा मात्र मतान्तर ज्यादै निकट अवस्थामा छ। वाम गठबन्धनले धेरैजसो स्थानमा फराकिलो अग्रता लिइरहेको छ।
अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो शक्तिका रुपमा स्थापित भएको नेपाली कांग्रेस सय ठाउँको प्रतिस्पर्धामा १२ स्थानमा मात्र अगाडि छ। चुनावी प्रतिस्पर्धामा 'खराव' अवस्थामा रहेको कांग्रेसले रसुवामा बाहेक अन्यत्र धेरै मतान्तर कायम राख्न सकेको छैन, जुन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले कायम राखेका छन्।
साँझ ७:३० सम्म प्राप्त मत परिणामअनुसार एमालेले सबैभन्दा धेरै स्थानमा लिड गरेको छ। एमालेले जित हासिल गरेको बाहेक नै ४७ स्थानमा आफूलाई पहिलो स्थानमा राख्न सकेको छ। २१ स्थानमा लिड गर्दै नेकपा माओवादी केन्द्रले १०० भित्र २१ प्रतिशतमा आफूलाई कायम राखेको छ। उसले पनि एक सिट सुरक्षित गराइसकेको छ। सय सिटमा यो वाम गठबन्धनको दुई तिहाई अग्रता हो।
तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म प्रतिनिधि सभाका लागि खाता खोलेको छैन। राप्रपा र संघीय समाजवादी फोरमले ३/३ स्थानमा अग्रता लिएका छन्। राजपाले २ र नयाँ शक्ति नेपालले एक स्थानमा अग्रता लिएको छ
एमालेको अग्रता रहेका ४७ ठाउँ
१) कञ्चनपुर ३२) कञ्चनपुर २
३ बैतडी
४ दार्चुला
५ बाजुरा
६ डोल्पा
७ दैलेख १
८ गुल्मी २
९ गुल्मी १
१० बागलुङ १
११ पाल्पा १
१२ पाल्पा २
१३ रुपन्देही २
१४ नवलपरासी पश्चिम १
१५ तनहुँ १
१६ तनहुँ २
१७ कास्की १
१८ कास्की २
१९ धादिङ १
२० धादिङ २
२१ नुवाकोट २
२२ काठमाडौं ९
२३ काठमाडौं ८
२४ काठमाडौं ७
२५ काठमाडौं ५
२६ काठमाडौं ४
२७ काठमाडौं ३
२८ काठमाडौं २
२९ ललितपुर २
३० ललितपुर १
३१ सिन्धुपाल्चोक २
३२ दोलखा
३३ ओखलढुङ्गा
३४ खोटाङ
३५ सिरहा २
३६ संखुवासभा
३७ धनकुटा
३८ ताप्लेजुङ
३९ पाँचथर
४० मोरङ १
४१ मोरङ २
४२ मोरङ ३
४३ मोरङ ६
४४ झापा २
४५ झापा ४
४६ झापा ५
४७ कैलाली ५
कांग्रेसले अग्रता लिएका १२ स्थान
१ सुर्खेत १२ कपिलवस्तु ३
३ रुपन्देही १
४ रौतहट २
५ रसुवा
६ काठमाडौं १०
७ काठमाडौं १
८ ललितपुर ३
९ सिराहा १
१० सिराहा २
११ सप्तरी ३
१२ सुनसरी २
माओवादीको अग्रता रहेका २१ स्थान
१ कञ्चनपुर १२ कालिकोट
३ जुम्ला
४ जाजरकोट
५ रुकुम पश्चिम
६ रोल्पा
७ दाङ २
८ लमजुङ
९ बागलुङ २
१० नुवाकोट १
११ सिन्धुपाल्चोक १
१२ रामेछाप
१३ सोलुखुम्बु
१४ भोजपुर
१५ सिराहा ४
१६ सप्तरी २
१७ मोरङ ४
१८ मोरङ ५
१९ झापा १
२० गोरखा १
२१ काठमाडौं ६
फोरमको अग्रता ३ स्थानमा
१ पर्सा १२ सप्तरी १
३ रुपन्देही ३
राजपाको अग्रता २ स्थानमा
१ सर्लाही ४२ धनुषा ३
राप्रपाको अग्रता ३ स्थानमा
१ झापा ३२ मकवानपुर १
३ चितवन ३