PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई  सतर्क रहन चीनको आह्वान



पहिलोपोस्ट

पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई  सतर्क रहन चीनको आह्वान

चीन :  गुप्तचर रिपोर्टमा पाकिस्तानमा रहेका चिनियाँ विरुद्ध आक्रमण हुनसक्ने भन्दै चीनले आफ्ना नागरिकलाई सतर्क रहन आह्वान गरेको छ। 

इश्लामावादस्थित चिनियाँ राजदूतावासले शुक्रबार आफ्नो वेबसाइटमा चिनियाँ नागरिक तथा सङ्घसंस्था विरुद्ध ‘श्रृङ्खलावद्ध आतङ्ककारी आक्रमण’ को योजना रहेको सूचना पाएको भन्दै चिनियाँहरूलाई सतर्क रहन आह्वान गरेको हो।

सूचनामा बिस्तृत विवरण नदिइकनै पाकिस्तानस्थित चिनियाँलाई भीडभाडमा नजान र यथासम्भव घरभित्र रहन आग्रह गरिएको छ। 

विदेशी भूमिमा रहेका चिनियाँ नागरिक पछिल्ला केही वर्ष यता आतङ्ककारी आक्रमणको निशाना बन्दै आएका छन्। यही वर्षको जुनमा पाकिस्तानको क्वेटा सहरमा दुई चिनियाँ शिक्षकमाथि भएको आक्रमणको जिम्मेवारी पनि इश्लामिक स्टेट (आइएस) समूहले लिएको थियो। 

चीनले पाकिस्तानमा व्यापक लगानी गरेको छ। पाकिस्तानमा बेइजिङको ‘बेल्ट एण्ड रोड’ अन्तर्गत ६० अर्ब अमेरिकी डलर बराबरको संरचनागत निर्माण योजनामा लगानी गरेको छ भने हजारौँ चिनियाँ कामदारले ती योजनामा काम गरिरहेका छन्। 

पाकिस्तानको बलुचिस्तान प्रान्तमा निर्माणधिन बन्दरगाह र सडक निर्माण आयोजनामा आतङ्ककारीले पटक पटक आक्रमण गर्दै आएका छन्। रासस/एपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell