PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

'रियल' कथामाथि फिल्म 'रियाल रिंगेट' बन्ने



पहिलोपोस्ट

'रियल' कथामाथि फिल्म 'रियाल रिंगेट' बन्ने

काठमाडौं: फिल्म 'रियाल रिंगेट' युनिट यति बेला छायांकनको लागि फ्लोरमा छर पूर्वको विभिन्न स्थानमा फिल्म छायांकन भैरहेको हो।

रियाल रिंगेटले वैदेशिक रोजगारका लागि खाडी मुलुक पुगेको युवाको जीवन कथा भन्छ। फिल्ममा यथार्थ घटना देखाइने छ। फिल्मलाई दीपक अधिकारीले निर्देशन गर्दैछन्। प्रमोद भारद्वाज र नीता ढुंगानाको मुख्य भूमिका रहने फिल्ममा छुल्ठिम गुरुङ, रामचन्द्र अधिकारी, रविन्द्र खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ।

फिल्मलाई जीवनकृष्ण बेघाले निर्माण गरेका हुन्। फिल्मको पूर्वको दमक, विर्तामोड, पथरी, कन्याम लगायत ठाउँमा छायांकन हुने निर्देशक अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell