पोखरा : बागलुङमा वाम गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता लिएका छन्। दुई वटा प्रतिनिधि सभा सदस्य र चार वटा प्रदेशसभा सदस्य रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेका सूर्यप्रसाद पाठकले २३ हजार ४४ मत ल्याएका छन् भने कांग्रेसकी चम्पादेवी खड्काले १४ हजार ९ सय ३४ मत ल्याएकी छन्।
दुई बीचमा करिव ८ हजारको मतअन्तर छ।त्यसैगरी क्षेत्र नम्वर २ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका देवेन्द्र पौडेलले १८ हजार ५३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका नरबहादुर पुन (निरज) ले १२ हजार ७ सय ५० मत पाएका छन्।
त्यसैगरी प्रदेश सभातर्फ क्षेत्र नम्बर एकको क बाट एमालेका इन्द्रलाल सापकोटाले ८ हजार ६ सय ९८ मत ल्याएका छन्।
कांग्रेसका दीपेन्द्र थापाले ५ हजार ९७३ मत ल्याएका छन्। प्रदेश ख तर्फ जनमोर्चाका कृष्ण थापाले ९ हजार ५ सय ७७ मत पाएका छन् भने प्रकाश शर्मा पौडेलले ५ हजार ६ सय १३ मत प्राप्त गरेका छन्।
त्यसैगरी क्षेत्र नम्बरको दुईको प्रदेशसभा क मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढामगरले ८ हजार ५ सय ७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका मन्जेस बम मल्लले ६ हजार ८ सय ६० मत पाएका छन्।
प्रदेश ख मा जनमोर्चाका टेकबहादुर घर्तीले १० हजार २ सय ४ मत ल्याएका छन् भने कांग्रेसका जित शेरचनले ७ हजार १ सय ९९ मत पाएका छन्।