
हेमराज उपाध्याय -
काठमाडौं : प्रदेश ७ मा पर्ने बाजुरामा प्रतिनिधि र प्रदेश सभा सदस्यमा एमाले बिजयी भएको छ। प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लाल बहादुर थापा ४ हजार ८ सय ८४ को मतान्तरले बिजयी भएका हुन्। उनले २८ हजार ६५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका कविराज पण्डितले २३ हजार १ सय ८६ मत पाएका थिए।
प्रदेश सभा क
प्रदेशसभा क तर्फ नेकपा एमालेका बलदेव रेग्मी बिजयी भए। उनले ९ हजार ८ सय ४० मत प्राप्त गरे।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले ८ हजार ३ सय १ मत प्राप्त गरे।
प्रदेशसभा ख
प्रदेश सभा ख तर्फ नेकपा एमालेका प्रकाश बहादुर शाह बिजयी भए। उनले १८ हजार १ सय ८६ मत पाए भने उनका प्रतिद्वन्द्वी पदम बहादुर शाहले १४ हजार ९७७ मत पाए।