PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

धादिङ क्षेत्र नं १ को क मा राजेन्द्र पाण्डे र ख मा शालिकराम जम्मरकट्टेल विजयी



पहिलोपोस्ट

धादिङ क्षेत्र नं १ को क मा राजेन्द्र पाण्डे र ख मा शालिकराम जम्मरकट्टेल विजयी

काठमाडौं :  धादिङ क्षेत्र नम्बर एकको प्रदेशसभा क मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डेले कांग्रेसका मधुकुमार श्रेष्ठलाई झन्डै दोब्बर मतान्तरले पराजित गरेका हुन्।

पाण्डे २७ हजार ३सय ३१ मत प्राप्त गरी विजयी भएका हुन्। कांग्रेसका मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत प्राप्त गरेका छन्।

पाण्डे एमाले पोलिटब्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुख हुन्। उनी  २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। उनले स्थानीय विकास मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

यसैगरी सोही क्षेत्रको प्रदेशसभा ख मा वाम गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत प्राप्त गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell