PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पश्चिम रुकुममा १८ हजार मतान्तरले माओवादी केन्द्रका जनार्दन शर्मा विजयी



पहिलोपोस्ट

पश्चिम रुकुममा १८ हजार मतान्तरले माओवादी केन्द्रका जनार्दन शर्मा विजयी

रुकुम :  पश्चिम रुकुममा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन्। 

शर्माले नेपाली कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पार्दै रुकुमवाट तेस्रो पटक विजयी भएका हुन्।

शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ प्राप्त गरे। यससँगै पश्चिम रुकुमको मतगणना सकिएको छ। यहाँ दुवै प्रदेशसभा पनि नेकपा माओवादी केन्द्रले जितेको छ।

पश्चिम रुकुमको प्रदेश क मा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन्। नेपाली कांग्रेसका कृष्णवहादुर रोकायलाई आठ हजार दुई सय ३३ मतले पछि पार्दै कामी विजयी भएका हुन्।

कामीले १६ हजार आठ सय १० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कृष्णवहादुर रोकायले आठ हजार पाँच ७७ मत प्राप्त गरे।

प्रदेश ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार खड्क डाँगीलाई १० हजार ५ सय १३ मतले पछि पार्दै शर्मा विजयी भएका हुन्। 

शर्माले ८ हजार ६ सय ४० मत प्राप्त गर्दा नेपाली कांग्रेसका डाँगीले ८ हजार  सय २७ मत प्राप्त गरे। यहाँ २०६४ र २०७० सालको संविधानसभा निर्वाचन र हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रले एक्लौटी जित निकालेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell